पोखरामा निरन्तर वर्षा, आज दिनभर कस्तो होला ?

  • पोखरा न्यूज
  • २०८१ भाद्र २१
पोखरामा निरन्तर वर्षा, आज दिनभर कस्तो होला ?

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा लगातार वर्षा भएको छ ।

पोखरामा बिहीबार साँझदेखि सुरु भएको वर्षा आज शुक्रबार बिहान ८ः१५ बजेसम्म निरन्तर जारी छ । बिहीबार साँझ भारी वर्षा भएको पोखरामा आज शुक्रबार मध्यम वर्षा भइरहेको छ । भदौ २५ गतेसम्म हुने अनुमान गरिएको छ ।

अहिले गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सबै प्रदेशको केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस