चल्न थाल्यो टिकटक

  • पोखरा न्यूज
  • २०८१ भाद्र २१
चल्न थाल्यो टिकटक

पोखरा । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामग्री सम्प्रेषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारले टिकटकका प्रतिनिधिलाई विभिन्न शर्त राखेको थियो ।

सरकारले राखेको उक्त शर्त परिपालना गर्न टिकटक सहमत भएसँगै गत भदौ ६ गते मन्त्रिपरिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस