नेपाल श्रीलंकासँग पाँच विकेटले पराजित

पाेखरा। नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाड विरुद्धको अभ्यास खेलमा कमजोर प्रदर्शन गरेको गरेको छ । तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई पाँच विकेटले हराएको छ ।

टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएसँगै मैदानमा उत्रेको नेपालले ४० ओभरमा अलआउट हुँदै एक सय ५९ रन बनायो । सोमपाल कामीको कप्तानीमा उत्रेको नेपालले ४० ओभरमा अलआउट हुँदै एक सय ५९ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ३५ रन बनाए । जवाफमा श्रीलंकाले २६दशमलव पाँच ओभरमै पाँच विकेटको क्षतिमा जित हासिल गर्यो । के सन्जुलाले सर्वाधिक ६८ रन बनाए । नेपालका लागि गुल्सन झाले दुइ विकेट लिए ।  त्यस्तै कप्तान सोमपालले पनि दुइ विकेट लिए ।

नेपालले आईसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न गए पनि यसअघि मंगलबार र बुधबार खेल्ने भनिएको पहिलो र दोस्रो खेल वर्षाले रद्ध भएको थियो ।

श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको हो । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

तेस्रो अभ्यास खेलपछि नेपाल क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ को श्रृंखला खेल्न त्यसतर्फ जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button