कास्कीमा कांग्रेसले सदस्यताको प्रमाणपत्र वितरण गर्दै, पोखरा-२९ मा खटिए प्रतिनिधि

पोखरा । नेपाली कांग्रेस कास्कीले जिल्लाका ७२ वटै वडाबाट पार्टीका क्रियाशील सदस्यलाई क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण गर्ने भएपछि सबै वडामा तयारी सुरु भएको छ ।

पार्टीका सबै वडामा क्रियाशील सदस्यतामा प्रमाणपत्र पुगिसकेको छ भने यो कार्यक्रमका लागि पार्टीले प्रतिनिधि पनि खटाएको छ । भदौ २४ गते बीपी जयन्तीसमेत परेकाले प्रशिक्षणसहित क्रियाशील सदस्यता वितरण हुँदैछ ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

प्रशिक्षण एवं क्रियाशील सदस्यता वितरणका लागि नेपाली कांग्रेस पोखरा-२९ मा छलफल गरिएको छ । सो वडामा नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज केसीको नेतृत्वमा शिवराज अधिकारी, रेशम गुरुङ, सुभास भण्डारी, सनबहादुर गुरुङ कालु र राजीव भण्डारीलाई प्रतिनिधिका रुपमा खटाइएको छ ।

प्रतिनिधिले वडामा पुगेर कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा वडासभापति दीपकमणि भण्डारी, पदाधिकारी, सदस्य र केही अग्रज नेतासँग छलफल गरेको छ ।

संयोजक केसीका अनुसार २४ गते प्रशिक्षण, सम्मान, क्रियाशील सदस्यता कार्ड हस्तान्तरण, भातृसस्थालाई पूर्णतालगायतका कार्यक्रम हुने भएकाले सो कार्यक्रमका लागि तयारी स्वरुप एक चरणको छलफल भएको हो । सो वडामा तीन सय ७१ जना कांग्रेसका क्रियाशील सदस्य छन् ।

सो छलफलमा सहभागी कास्की कांग्रेसका उपसभापति रामबाबु भण्डारीले कांग्रेस बिना मुलुकको विकास र परिवर्तन सम्भव नभएको भन्दै कांग्रेस सदस्यले सधैँ आफ्नोभन्दा पनि मुलुक र समाजको चिन्ता गर्नुपर्ने बताए ।

सो अवसरमा संयोजक केसीले नागरिकका नसर्गिक अधिकार र नेपाली कांग्रेसको महत्वका बारेमा प्रकाश पारे । उनले परिवर्तन हाम्रै पालामा सम्भव रहेको र सकारात्मक उर्जाशील मार्ग तय गर्दै अबको पुस्ता अघि बढ्नुपर्नेमा जोड दिए ।

अहिलेको परिवेशमा जताततै निराशा छाएको भन्दै नेता केसीले त्यस्ता निराशालाई चिरेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । उनले कांग्रेसका सदस्यले हरेक क्षेत्रमा अभिभावककाे भूमिका खेल्नुपर्नेमा जोड दिए ।

पार्टीका वडा सभापति भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टी सचिव पदम गुरुङ, नेताहरु विजयराज भण्डारी, शिवराज अधिकारी, मोती गिरी, सुदेब गुरुङ, रसिसहरी भण्डारी, किरण भण्डारी, पदमप्रसाद अधिकारी, राजेन्द्रप्रसाद अधिकारी, छलीमाया गुरुङ, बिन्दु भण्डारी, सशांकमणि भण्डारी, ईश्वरबहादुर हमाल, श्रीधर आचार्य, विशाल श्रेष्ठ, जमुना पौडेल, राजीब भण्डारी, सनबहादुर गुरुङलगायतले आआफ्ना सुझाव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button