पोखरा । पोखराको बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला सकिएको छ । चार दिनसम्म सञ्चालित मेलाको अन्तिम दिन शुक्रबार समूहगत तीज गीत प्रस्तुति रहेको थियो ।
पोखरा-१६ भित्रका २२ टोलीले तीज गीत प्रस्तुतिमा सहभागिता जनाएको प्रचारप्रसार उपसमितिका संयोजक सञ्जय थापाले जानकारी दिए ।सहभागी टोलीलाई नगद जनही १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
समापन कार्यक्रममा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संयोजक रामकुमारी बानियाँले नगद र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा प्रचार प्रसारमा पत्रकार शिशिर पौडेल, विराज शर्मा, यदुनाथ वञ्जरा, सञ्जय थापा, सन्देश बराल, रामप्रसाद पौडेल, प्रकास अधिकारी, नवराज थापा प्रचार-प्रसार उपसमितिका सदस्य अनील नेपालीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि प्यासीले तीज पर्वले महिला अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउने गरेको बताए । उनले यस्तो सांस्कृतिक पर्वलाई भड्किलो पर्व हुनबाट जोगाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाको संरक्षकत्वमा सञ्चालित मेला सबैको समन्वयमा सफल रहेको बताउँदै आगामी वर्षका लागि योजनासहित अघि बढ्नुपर्ने बताए ।
मेला व्यवस्थापन मूल समिति संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बडहरबोट आमा समूहकी अध्यक्ष कमला शर्मा तिमिल्सिना र सञ्चालन मूल समिति सदस्य भीमबहादुर गायक र सुनिता देवकोटाले गरेका थिए ।
कार्यक्रममा लोकदोहोरी गायिका पूजा तामाङ, रीता तिमिल्सिनाले आफ्ना चर्चित तीजे भाकामा सहभागी महिलालाई नचाएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution