पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशनको सरगर्मी बढ्दो छ ।
भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । क्र.सं.१४ का साथमा चुनावी मैदानमा होमिएका थापा कान्छा उम्मेद्वार हुन् ।
चुनावका बेला अक्सर युवाको विषय नारामा मात्रै सीमित हुन्छन् । थापा भने यसपटक नारामा युवा पटक-पटक नेतृत्वमा युवा यस पटक भन्दै मत मागिरहेका छन् ।
उनले संघको छविलाई उचाल्न युवा नेतृत्वको आवश्यकता रहेको बताएका छन् । युवा व्यवसायीका समस्यालाई सम्बोधन गर्न आफ्नो उम्मेद्वारी रहेको भनाइ उनको छ ।
यसअघि पवन प्रजापतिको नेतृत्वमा रहेको कार्यसमिति टीममा रही अनुभव लिएका थापाले व्यवसायमा आफ्नो उर्जा र समय खर्च गर्दै जाँदा व्यवसायीका कयौँ समस्या र नीतिगत रुपमा भएका अफ्ठ्यारा नजिकबाट महसुस गरेको बताए ।
उनले बुवा बिन्दुकुमार थापाको पथलाई पछ्याउँदै संघमा आवद्ध भई व्यवसायीको पीर मर्कालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाए ।
बुवाले सेवा गरेको संस्था आफ्ना लागि मन्दिर जस्तो पवित्र भएको उल्लेख गर्दै सेवामा समर्पित हुने उनले बताए ।
बुवाको राजनीतिमा सक्रियता बढ्दै गएपछि सम्पूर्ण व्यवसायको जिम्मेवारी सम्हाल्दै आएका सौगात टीममा विश्वास गर्छन् । त्यसैले त अहिले उनलेसंघको निर्वाचनमा अर्जुन पोखरेल नेतृत्वको प्यानलबाट कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।
“सोचेको ठूलो काम गर्नुछ भने त्यो समूहमा मात्रै सम्भव छ । त्यसैले अहिले म होइन मेरो टिमको विश्वासमा यहाँहरुका अघि उभिएको छु, अध्यक्षका रुपमा प्रत्यासी रहनुभएका दाइ अर्जुन पोखरेलको टिमबाट यो निर्वाचनमा हामी उद्योगी व्यवसायीका घरदैलो र मनसम्म पुगेका छौँ, अर्जुन पोखरेलको टिम कुनै गुटगत टिम होइन बरु उर्जाले भरिएका विभिन्न उमेर समूह र अनुभवका अनेक खुडकिलो पार गरेका व्यक्तिको साझा टिम हो, हाम्रो शक्ति भन्नु नै तपाइँहरु हुनुहुन्छ र हाम्रो एकता छ’, उम्मेद्वार परिचय कार्यक्रममा उनले भने ।
आफू र आफ्नो टीम सङ्ग स्पष्ट खाका र उद्योगी व्यवसायीलाई परेको व्यथाको यथार्थ ज्ञान भएको उनले बताए । संघलाई अगाडि बढाउन योजना र सपना भएकाले पोखरेल प्यानललाई नै मत दिन व्यवसायीलाई उनको आग्रह छ ।
व्यक्तिका रुपमा कस्ले चुनाव जित्छ त्यो महत्वपूर्ण नभई कुन टिमले के गर्न सक्छ त्यो महत्वपूर्ण भएको भनाइ उनको छ । व्यवसायीको सल्लाह र सुझाव बमोजिम हकहित र पैरवीमा लाग्ने विषयमा आफू सचेत भएको उनले उल्लेख गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution