पोखरा । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले संघको अध्यक्ष हुने पालो आफ्नै रहेको बताएका छन् । प्राकृतिक न्यायको सिद्धान्तअनुसार आफ्नै पालो रहेकाले सबैको साथ र सहयोग चाहिएको बताएका छन् ।
संघको आगामी ३५औँ महाधिवेशनमा आफूले अध्यक्ष पाउनुपर्ने भए पनि अध्यक्षमा अर्का प्रतिद्वन्दी समेत रहेका कारण वरिष्ठ उपाध्यक्ष भएकाले आफ्नो पालो अब अध्यक्ष बन्ने रहेको उनको भनाइ छ ।
‘प्राकृतिक न्यायको सिद्धान्त तथा पालो पनि मेरो नै भएकोले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको छु’ कार्कीले भने, ‘पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघसँगका मेरो अनुभवलाई नेतृत्वमा बसेर कार्यान्वयन गर्ने पुनित मनसाय एवम् व्यवसायिक हक हितका लागि क्रियाशिल मेरो अभियानलाई यहाँहरूको अमूल्य मत प्रदान गरी व्यावहारिक कार्यान्वयनका लागि मलाई आगामी कार्यकालको नेतृत्व गर्ने सुअवसर प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा र विश्वास लिएको छ ।’
कार्की २०५५ सालमा संघमा साधारण सदस्यको रूपमा प्रवेश गरी कार्यसमितिमा उद्योग उपाध्यक्ष २ कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसम्मको भूमिका निर्वाह गरेका छन् ।
यो स्थानसम्म आम उद्योगी, व्यवसायीले पुर्याएको भन्दै कार्कीले भदौ २८ र २९ गते संघको ३५ औं अधिवेशनमा पुनः आफूलाई मत दिई विजयी गराइदिन अनुरोध समेत गरे ।
कार्की अहिले डेंगीका कारण घरमै आराम गरिरहेका छन । केही समय फिस्टेल अस्पतालमा उपचार गराएका उनी विस्तारै निको हुँदैछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution