कांग्रेसको सुन्दर घरभित्र सबै अटाउनुपर्छ : सचिव ढकाल

पोखरा । नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले महामानव बीपी कोइरालाद्वारा प्रतिपादित सिद्धान्त सधैँ समयसान्दर्भिक हुने बताएका छन् ।

१११औँ बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. २७ द्वारा आयोजित प्रशिक्षण तथा क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रममा नेता ढकालले बीपीको नीति र सिद्धान्त भुल्दा पार्टीभित्र विभिन्न समस्या उत्पन्न हुने गरेको बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनले सबै तहका संगठनलाई एकताबद्ध बनाएर आफ्ना विचार प्रष्ट राखेर पार्टी जनतामाँझ जानुपर्नेमा जोड दिए ।

उनले कास्कीका सबै तहमा कांग्रेस विजयी हुने गरी पार्टी अघि बढ्न र बढाउन आवश्यक रहेको भन्दै यसमा सबैको सहयोगको खाँचो औंल्याए । पार्टीलाई बलियो बनाउन सबैले आआफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्नुपर्नेमा सचिव ढकालले जोड दिए ।

उनले भने, ‘२०४६ अघि कांग्रेस भावनाले चल्थ्यो, सबैको भावना पार्टीमा समेटिन्थ्यो तर पछिल्लो समय कांग्रेसमा भावना टुट्न थालेको महसुस भएको छ, यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।’

कांग्रेस पार्टी मात्रै नभए एउटा सुन्दर परिवार पनि भएको उल्लेख गर्दै उनले परिवारभित्र सबै अटाउने वातावरण सृजना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा पार्टीका जिल्ला सदस्य तारादेवी गुरुङ, पोखरा महानगर सचिव गणेशबहादुर थापा, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्की सचिव रीता गुरुङ, नेविसंघ केन्द्रीय सदस्य प्रताप बानिया, लोकतान्त्रिक उद्योग वाणिज्य संघका गण्डकी प्रदेश अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पोखरा-२७ का कार्यबाहक वडाध्यक्ष जितबहादुर क्षेत्रीलगायतले बीपीको विचारलाई कसैले भुल्न नहुनेमा जोड दिएका थिए ।

वडासभापति नारायणमणि लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालक सहससिचव चेतबहादुर कुमालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button