लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइको दोस्रो क्याबिनेट बैठक पोखरामा

  • पोखरा न्यूज
  • २०८१ भाद्र २५
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइको दोस्रो क्याबिनेट बैठक पोखरामा

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठक पोखरामा हुने भएको छ । बैठक यही भदौ २८ र २९ गते पोखराको माटेपानीस्थित एसआर केसी क्याटरिङको सभा हलमा हुनेछ । जसमध्ये २९ गतेको सबै कार्यक्रम पोखरा सभागृह हलमा हुनेछ ।

बैठक सम्पन्न गर्नका लागि डिष्ट्रिक्ट चिफ एडभाइजर शैलेन्द्र मोहन भट्टराई संयोजकत्वको मूल आयोजक समिति गठन गरिएको छ । सो समितिमा १९ उपसमिति बनाइएको छ ।

समिति सहसंयोजकमा डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त र फाइनान्सियल एडमिनिट्रेटर सूर्य नारायण बराल, सचिवमा ऋषि गिरी, कोषाध्यक्षमा शान्ता थापा भण्डारी र सहसचिवमा अमृत शोभा खत्री छन् ।

बैठकमा पोखराका करिब सात सयसहित डिष्ट्रिक्टका दुई हजार लायन्स सदस्य सहभागी हुने अनुमान गरिएको दोस्रो क्याबिनेट बैठक मूल आयोजक समिति सचिव ऋषि गिरीले जानकारी दिए ।

बैठकको सबै तयारी पूरा भएको र केही प्राविधिक काममात्र बाँकी रहेको सचिव गिरीले जानकारी दिए ।

डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाको यस बर्षको नारा ‘मानवता पहिलो प्राथमिकता’ अन्तर्गत रहेर कार्यक्रम अघि बढाइरहेको भन्दै डिष्ट्रिक्टले प्राप्त गरेको उपलब्धिप्रति प्रशन्नता व्यक्त गरेका थिए ।

डिष्ट्रिक्टमा दुई सय २० लायन्स क्लब आवद्ध छ भने सदस्य संख्या चार हजार छ सय सय छन् ।

सेवा र सदस्यताका हिसाबले संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल रहेको क्याबिनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस