पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ ।
पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका लामिछानेलाई सहकारी पीडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका-१७ बिरौटास्थित ग्यालेक्सी ब्याक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले कालोझण्डा देखाउँदै आफूहरुको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
सहकारी पीडितको प्रदर्शनका कारण सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution