पोउवासंघका अध्यक्ष पदका उम्मेद्वार कार्कीको प्रस्ताव-आर्थिक चुनौतीको सामना गर्न हातेमालो गरौँ

  • पोखरा न्यूज
  • २०८१ भाद्र २५
पोउवासंघका अध्यक्ष पदका उम्मेद्वार कार्कीको प्रस्ताव-आर्थिक चुनौतीको सामना गर्न हातेमालो गरौँ

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवनशनका अध्यक्ष पदका उम्मेद्वार गोकर्ण कार्कीले आर्थिक चुनौतीले व्यवसायी मारमा परिरहेको बताएका छन् । कार्कीले आर्थिक चुनौतीको सामना गर्दै व्यवसाय प्रवर्द्धनका लागि एक अर्कासँग हातेमालो गर्न अत्यावश्यक रहेको बताए ।

उनले आफूले यी सबै पिरमर्का बुझेको र सुत्केरी हुँदाको व्यथा सुत्केरी हुनेलाई मात्र थाहा भए जसरी हुने बताउँदै बाँकीले बिचरा भन्नेबाहेक अन्य व्यथा थाहा नहुने उनले सुनाए । अहिले संघमा समेत आफू उद्योगी, व्यवसायी भएकाले सबै व्यथा थाहा भएको उनले बताए ।

‘आर्थिक चुनौतीको सामना गरिरहेको बेलामा नयाँ-नयाँ अवसरको खोजी गर्दै व्यवसायी सदस्यको मनोभाव बुझेर तालिम, सेमिनार, प्रशिक्षण, व्यावसायिक प्रवर्द्धन र नेटवर्किङको फ्रेममा रहने वातावतरण बनाउने छु’ कार्कीले भने, ‘एउटा सुत्केरीको व्यथा सुत्केरी भएका महिलालाई मात्रै थाहा हुन्छ, अरुलाई त्यो बारेमा थाहा हुँदैन, अहिले संघमा पनि त्यस्तै भएको छ ।’

उद्योगी, व्यवसायी, व्यापारीको कुरा बुझ्ने भनेकै हामी उद्योगी, व्यापारी र व्यवसायीले नै हो भन्दै उनले थपे, ‘हिजो जसरी मलाई यो स्थानसम्म पु¥याउनुभयो अब एक पटक अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

हालका वरिष्ठ उपाध्यक्षसमेत रहेका कार्कीले पोउवासंघ उद्योग व्यावसायीको छाता संगठन भएकाले नेतृत्व तहमा बसेर काम गर्ने चाहनाका साथै हालको आर्थिक चुनौतीका लागि के कस्ता रणनीति अपनाउनुपर्छ भन्ने बारेमा भिजन तयार गरिगरेको बताए ।

देशमा कोरोना कहरपश्चात आर्थिक समस्या धेरै आएको र आफू पनि एक उद्यमी भएकाले यसबारेमा सबै कुरा थाहा भएकाले त्यसको समाधान गर्नका लागि अध्यक्षमा उम्मेद्वारी दिएको बताए ।

कार्कीले भने, ‘कोरोनापश्चात देशको अर्थतन्त्र उकासिन सकिरहेको छैन, युवा विदेशिने र देशमा लगानी गर्ने वातावरण नहुँदा देश उँधोगतिमा गइरहेको छ, यसको समाधानका लागि समग्र उद्योग, व्यापारी, व्यवसायी, पर्यटन, कृषिको क्षेत्रमा काम गर्न आवश्यक छ ।’



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस