पोखरामा राष्ट्रिय हाप्किडो सेमिनार

पोखरा । हाप्किडोका प्रशिक्षक, रेफ्री तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘दशौँ राष्ट्रिय हाप्किडो सेमिनार’ पोखरामा सुरु भएको छ । सेमिनार दुई दिन सञ्चालन हुनेछ ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सेमिनार उद्घाटन गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो अवसरमा मन्त्री थापाले दशौँ राष्ट्रिय खेलकुद केही कारणले तोकिएको समयमा नहुने जस्तै देखिएको बताए । उनले भने, “दशौँ राष्ट्रिय खेलकुद मंसिरमा हुने भनिएको छ, केही कारणले समयमा नै सुरु होला जस्तो देखिन्न, केही पछि सर्ला जस्तो छ, तर पनि हामीले आफ्नो तयारी भने छोड्नु हुन्न ।”

मन्त्री थापाले नेपाली हाप्किडोले छोटो समयमा नै नेपाली खेलकुदमा महत्वपूर्ण रुपमा विकास गरेको प्रति प्रशंसा व्यक्त गरे । उनले दशौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई खेलकुद शहरको रुपमा अघि बढाउन प्रचुर सम्भावना रहेको मात्रै नभई सबैको ध्यान त्यसतर्फ खिच्नसमेत सफल रहेको मन्त्री थापाले जनाउँदै पछिल्लो समय यहाँ हुने खेलकुद गतिविधिले समेत त्यसलाई पुष्टि गरेको उल्लेख गरे ।

खेलकुदको माध्यमबाट भाइचारा सम्वन्ध स्थापित गर्न र राष्ट्रिय गौरव बढाउन समेत बढाउन भूमिका खेल्ने भएकोले गण्डकी प्रदेश सरकार सदैव खेलाडीहरुको हित र खेलकुद विकासका लागि प्रतिवद्ध रहेको मन्त्री थापाले जनाए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य एवं खेलकुद पत्रकार केशव पाठक, कास्की जिल्ला हाप्किडो संघका अध्यक्ष रविन गुरुङलगायतले बोलेका थिए ।

नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमलगायत हाप्किडो खेलको प्रदर्शन गरिएको थियो ।

सो अवसरमा अध्यक्ष मगरले नेपाली हप्किडोले पछिल्लो समयमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप छोड्न सफल भएको भन्दै हाप्किडो खेलको विकास र विस्तारका लागि राज्यको भूमिका आवश्यक रहेको बताए ।

उनले भने, “नेपाली हाप्किडो गाउँ-गाउँ, शहर-शहर र विद्यालय हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रभाव छोड्न सफल छ, हामीले नेपाली खेलकुदको जगलाई बलियो बनाउन खेलेको भूमिका लागि राज्यको सम्वोधन आवश्यक छ ।”

सेमिनारमा सातै प्रदेशबाट दुई सय भन्दा बढीको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button