पोखरा । पोखरा महानगरपालिका वडा नं. २ मिरुवास्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्थाले सहकारी सदस्य शिक्षा एवं तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
स्थापनाको १४ वर्ष पूरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यलाई सहकारीका काम, कारवाही, सहकारीका सदस्यले पालन गर्नुपर्ने नियम, बचतसँगै ऋण लिँदा उपनाउनुपर्ने विषयका बारेमा कार्यक्रममा जानकारी दिइएको थियो ।
सहकारीमा आवद्ध भएका तर सहकारीले गर्ने काम कारवाहीका विषयमा अस्पष्ट भएका विषयसँगै आर्थिक र वित्तीय अनुशासनका बारेमा सदस्यलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक कविता गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा सहकारीसम्बन्धी तीज गीत प्रस्तुतसँगै सहकारीमा आवद्ध सदस्यलाई दरसमेत खुवाइएको उनले बताइन् ।
कार्यक्रममा पोखरा-२ मिरुवास्थित एएण्ड ब इन्टरनेशनल हस्पिटलले प्रदान गर्ने सेवामा सहकारीका सदस्यलाई छुट दिने सम्बन्धमा सम्झौता समेत भएको छ ।
सम्झौता पत्रमा सहकारी सञ्चालक समिति अध्यक्ष जयलाल अधिकारी र हस्पिटलका प्रतिनिधि डा लतालक्ष्मी पराजुलीले हस्ताक्षर गरे ।
सम्झौतासँगै हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधिलगायत अन्य सेवामा सहकारीका शेयर सदस्यले १० देखि ३० प्रतिशतसम्म छुट पाउने भएका सहकारीका सचिव शिवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सहकारीले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसका दिन खुला रक्तदान कार्यक्रमसँगै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारी विभिन्न सामाजिक काम गर्दै आएको छ ।
सहकारी संचालक समिति अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका सहकारीका संस्थापक अध्यक्ष विश्वबहादुर गुरुङ, उपाध्यक्ष गंगाबहादुर गुरुङ, सचिव शिवराज अधिकारी, कायक्रम संयोजक कविता गुरुङलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution