पोखरा । आज बुधाष्टमी व्रत । बुधाष्टमी व्रतका दिन विशेषतः भगवान शिव पार्वतीको पूजा अर्चना गर्ने चलन रहेको छ । यस दिनको व्रतको विशेष महत्व रहेको छ ।
हिन्दू धर्म ग्रन्थमा उल्लेख भएअनुसार व्रत संस्कारमध्ये एक बुधाष्टमी शुक्ल अष्टमीमा पर्ने बुधबारका दिन पर्ने गर्दछ । यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ ।
आजका दिन बुध ग्रहसमक्ष भक्तले आफ्ना भावना र कामना राख्ने चलन हुन्छ । यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हो ।
यस दिन बुध ग्रहलाई विशेष नैवेध अर्पण गरिन्छ । साथै पूजा सकिएपछि मात्र यी नैवेद्यलगायत प्रसादी वितरण गर्न र भोजन गर्न दिइन्छ ।
यसका अलावा भगवान बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ ।
बुद्ध अष्ठमी व्रतका महिमा ब्रह्माण्ड पुराणमा पाइन्छ । बुध ग्रहको दोष भएका मानिसका लागि यस दिनको व्रतले विशेष फल दिने धार्मिक मान्यता छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution