म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा न ९ तोरीपानीकी १९ वर्षीय मीना परियारको हत्यासम्बन्धी मुद्दाका पाँच प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई कारागार चलान गरिएको हो ।
कारागार चलान हुनेमना मीनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाइ रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्री छन् ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताए ।
मीनाको हत्या गरी शव गाडेको अभियोगमा उनीहरूबिरुद्ध यही भदौ २१ गते सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता भएको थियो ।
आठ महिनादेखि बेपत्ता रही गत २७ गते जङ्गलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरीअनुसार अनुसन्धान हुँदा अभियुक्तले बयानमा हत्या स्वीकार गरेको र प्रमाणको आधारमा सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अदालतमा अभियोग दर्ता भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
विसं २०८० पुस १६ गतेबाट बेपत्ता भएकी परियारको शव गत साउन २७ गते जङ्गलमा गंगटा खोज्ने क्रममा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
गिठिनी जङ्गलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्री, कालो सल, चप्पल र कपडाबाट उक्त शव करिब आठ महिनादेखि बेपत्ता १९ वर्षीय मीनाकै भएको भन्दै परिवारले सनाखत गरेका थिए ।
मृतक बुबाले गत साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम, निजकी आमा, दाई, भाइ र सालासमेत गरी पाँच जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दायर गरेका थिए ।
म्याग्दी तोरीपानीको गलेश्वर माविमा कक्षा ११ अध्ययनरत परियार र खत्रीबीच प्रेम सम्बन्ध भइ पटक-पटक यौन सम्पर्क भएकाे र मीनाको छ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक-पटक गर्भपतन गर्न दबाव दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution