|फाइल तस्बिर
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन् ।
उनले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयले कुनै पनि प्रकरणमा कानून उल्लङ्घन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए ।
उनले शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भए पनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने बताए ।
उनले संसद्मा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न झनै सहज भएको बताए । उनले नाम जोडिएपछि छानबिनको दायरामा आउने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीका विधान, परम्परा, हाम्रा निर्णयले त्यो कुरा स्पष्ट पारेको छ र त्यही स्पष्ट पारेको कुरालाई पटक पटक हामीले दोहोर्याएका छौँ भने कुनै पनि प्रकरणमा, विषयमा, काममा यदि कसैले कानून मिच्दछ, कानून उल्लङ्घन गर्छ, दण्डनीय काम गर्दछ भने दोषी छ भने दोषीले उन्मुक्ति पाउनु हुँदैन ।’
महामन्त्री थापाले थपे, ‘चाहे त्यो शक्तिशाली, सत्तासिन, नाता पर्ने होस्, चाहे जोसुकै होस्, निर्दोषले दण्ड पाउनु हुँदैन, यो पार्टीको हाम्रो बटम लाइन हो, यसमा टेकेर म लगायतले पटकपटक भन्दै आएका छौँ, चाहे त्यो नेता होस्, नाता पर्ने होस्, हाम्रो होस्, अर्काको होस्, दायाँ, बायाँको होस्, कुनै पनि कानून उल्लङ्घन गर्ने काम गरेको छ भने सर्वसाधारणले जुन विषय उल्लङ्घन गर्दा दण्ड पाउँछ, शक्तिशालीले पनि त्यो विषय उल्लङ्घन गर्दा दण्ड पाउनुपर्छ ।’
‘यो विषयमा तपाईँहरूले बोल्नुभयो की भएन, मौन हुनुहुन्छ की हुँदैन ? भन्ने कुरा यो सोधिराख्नै पर्दैन । यो मेरो हकमा पनि र अरूको पनि त्यही हो, यसभित्र जसको नाम आउँछ, त्यो छानबिनको दायरामा आउँछ, आउनुपर्छ, जहाँसम्म नेपाली कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आयो, उहाँ आफैँले यो प्रसङ्गमा आज संसद्को बैठकबाट ममाथि प्रश्न उठेकाले अनुसन्धान होस् भन्नुभएको छ’, थापाले थपे ।
महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution