पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले दशैँ तथा तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशभर मध्यम तथा लामो दूरीमा यातायात सेवा दिँदै आएको कम्पनीले भदौ २६ देखि पोखरा फिर्केस्थित प्रधान कार्यालय र कार्यालयअन्तर्गतका काउण्टरबाट गन्तव्यमा पुग्ने यात्रुका लागि अग्रिम टिकटको व्यवस्था गरिएको अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।
समयमै टिकट खोल्दा चाडपर्व मनाउनका लागि घर जान चाहने यात्रुलाई सहज हुने कम्पनीका अध्यक्ष केसीको विश्वास छ ।
उनले भने,“पोखरा देशकै पर्यटकीय राजधानी यहाँ विभिन्न स्थानबाट पेशा व्यवसाय गर्नेको संख्या ठूलो छ, उनीहरुलाई चाडपर्व मनाउँन सजिलोसँग घरमा पुग्ने वातावरणका लागि अग्रिम टिकट खुला गरेका हौँ, कम्पनीका देशका विभिन्न भागमा रहेका सबै काउन्टरबाट पहिल्यै टिकट काट्न सकिन्छ ।”
कम्पनीले डिजिटल सेवालाई आत्मसात गर्दै बसमा क्युआर कोड सुरु गरेकाले टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्न अनलाइन तथा मोबाइलबाटै टिकट काट्न सकिने व्यवस्था गरेको छ ।
कम्पनी मातहतमा एक हजार चार सय सय बस सञ्चालनमा छन् । कम्पनीले दिवा तथा रात्री सेवामा सुविधासम्पन्न ‘डिलक्स बस’ बाट देशका सातै प्रदेशका विभिन्न सहरमा सेवा दिँदै आएको कम्पनीका प्रशासकीय अधिकृत ज्ञानेन्द्रकुमार थापाले बताए ।
यातायात व्यवसायीले निर्माणाधीन पृथ्वीराजमार्ग अन्तर्गत पोखरा-मुग्लिन खण्डको मुख्य सडक र नारायणगढ-बुटवल खण्डको मुख्य सडक विगत लामो समयदेखि स्तरोन्नतिका क्रममा जीर्ण हुँदा यात्रु र व्यवसायीले दुःख पाएको गुनासो गरेका छन् ।
अध्यक्ष केसीले राजमार्गमा धुलो र हिलोका कारण सवारी साधनको पार्टपूर्जा, इन्जिन र गियर बक्स खराब हुन गई पटक-पटक मर्मत सम्भार गर्नुपर्ने अवस्थाले यातायात ब्यवसायी धराशायी हुने अवस्था पुगेको बताए । सरकारले समयमै सडक पूर्वाधार निर्माण सम्पन्न गर्नेतर्फ ध्यान दिनु पर्ने उनको जोड छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution