जिप दुर्घटनामा १८ वर्षीया युवतीको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ भाद्र २६
जिप दुर्घटनामा १८ वर्षीया युवतीको मृत्यु

|तस्बिर : सामाजिक संजाल

बैतडी । जीप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका-८ की १८ वर्षीया सविना महरा रहेकी छन् ।

सविनाको उपचारका क्रममा धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

जिल्लाको सुर्नया गाउँपालिका-८ ढुङ्गाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुपप्र ०१००ज१३५४ नंको जीप मङ्गलबार दुर्घटनामा परेको थियो ।

कच्ची सडकमा जिप दुर्घटना हुँदा चालक सुर्नया-७ का लालबहादुर कुँवरसहित पाँचजना घाइते भएका थिए ।

घाइतेमध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी ‘रेफर’ गरिएको थियो ।

दुर्घटनामा घाइते भएका चालक लालबहादुर कुँवर, सुर्नया-८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि घर गइसकेका छन् ।

चालक लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस