पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवा युवतीलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ ।
किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोध हटाउने, परिवार योजना पद्धतिलाई परिस्कृत गरी विस्तार गर्ने, परिवार योजनासम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य छ ।
सेवाग्राही-केन्द्रित गुणस्तरीय परिवार योजना सेवालाई दिगो रूपमा उपलब्ध गराउनका लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू र फार्मेसीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न यस योजनाले सहायता प्रदान गर्ने विश्वास गरिएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा यो योजना गण्डकी प्रदेशका सात जिल्लाका ११ पालिकामा सञ्चालित छ ।
पोखरा महानगरपालिकाका एक हस्पिटल, चार पोलिक्लिनिक, एक क्लिनिक र २३ फार्मेसी गरी २९ वटा निजी स्वास्थ्य संस्थामा यो योजना लागू छ ।
नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको जनस्वास्थ्यका कार्यक्रममध्ये किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रम एक महत्वपूर्ण कार्यक्रम हो ।
किशोर किशोरीलाई सहज रूपमा आफ्ना समस्या राख्न र स्वास्थ्य संस्थाबाट प्रदान हुने प्रजनन स्वास्थ्य लगायतका अन्य स्वास्थ्य सेवा लिन उपयुक्त वातावरण तयार गरी सेवाको पहुँच बढाउन “किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९” समेत जारी भई कार्यान्वयनमा छ ।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्देशन दिए ।
नागरिकले पाउनु पर्ने स्वास्थ्यको अधिकार प्रत्याभूतिमा सरोकारवाला थप जिम्मेवार बन्नु पर्ने उनले बताए ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वय तथा मोमेन्टमद्वारा आयोजित कार्यक्रम स्वास्थ्य क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महानगरका जनस्वास्थ्य निरीक्षक सत्यराज साँखीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution