पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् ।
कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा साथ दिने बताएका हुन् ।
अध्यक्ष पदका उम्मेदवार कार्कीले आफू कुनै गुट उपगुट नबनाई स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेद्वारी दिएको र उद्योग व्यवसायीका पीडा राम्रोसँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए ।
उद्योगी तथा व्यवसायीको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफूले समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै कार्कीलाई अन्य पदमा स्वतन्त्र उम्मेद्वारी दिएकाले समेत साथ दिने भएका छन् ।
उनीहरुलेसमेत गुट-उपगुट छाडेर स्वतन्त्र हिडेको व्यक्तिले भोलिका दिनमा समेत स्वतन्त्र भई सबैको लागि काम गर्ने भएकाले साथ दिएको बताए ।
कार्कीले आफूले संघको नेतृत्वका लागि आफ्नो उद्योग व्यवसायको सम्पूर्ण जिम्मेवारी श्रीमती, छोरा र बुहारीलाई दिएको सुनाए । नेतृत्वमा रहँदा व्यवसायतर्फ ध्यान दिँदा काम गर्न कठिन हुने भएकाले नेतृत्वको कार्यकालसम्म आफू आम उद्योगी र व्यवसायीको लागि काम गर्नेसमेत बताए ।
कार्की हाल संघका वरिष्ठ उपाध्यक्षसमेत हुन । डेंगी लागि केही समय अस्पताल बसेका उनी अझै पूर्णरुपमा स्वस्थ हुन सकिरहेका छैनन् ।
उनले घरदैलो कार्यक्रम गर्न नसके पनि फोन, एसएमएसलगायत विभिन्न सामाजिक सञ्जालबाटै समग्र व्यवसायी माँझ पुगिरहेका छन् ।
आफूलाई अत्याधिक मत दिई यस अघिका झै नेतृत्व तहमा पुगी काम गर्ने अवसर दिनसमेत अनुरोध गरे ।
यस्तै आज नै कार्कीले सर्वेश्वर मार्ग पन्थी गल्लिका व्यवसायीसँगसमेत भेटघाट गरेका छन् । अस्वस्थ रहँदा रहँदै पनि उनी अहिले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution