तनहुँमा जीपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ भाद्र २७
तनहुँमा जीपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

तनहुँ । जिल्लाको व्यास नगरपालिका-७ कलेस्ती बजारमा बोलेरो जीपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

धादिङको गजुरी नगरपालिका-३ घर भई हाल व्यास-७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लमजुङ भोर्लेटार सडकखण्डमा दुई पिप्लेबाट दमौलीतर्फ आउँदै गरेको ग ३ च १२१९ नम्बरको जीपले पैदलयात्री श्रेष्ठलाई साँझ ७:३० बजे ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट घाइते श्रेष्ठको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि जीप चालकलाई कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस