पोखरा । कपडा व्यवसायी एशोसिएशन कास्कीले पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशनमा उम्मेद्वारी दिएका एशोसिएशनमा आवद्ध पाँच उम्मेद्वारका परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
पोउवासंघको खुला सदस्यमा एशोसिएशनका पूर्वअध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे), पूर्वकोषाध्यक्ष जीवन प्रकाश श्रेष्ठ, सदस्य भीम गौतमका साथै वस्तुगत सदस्यमा पूर्व अध्यक्ष नवीन नापितले उम्मेद्वारी दिएका छन् ।
एशोसिएशनले आफ्नो निकटका पाँच जना उम्मेद्वारलाई नै मतदान गरी शानदार मतसहित विजयी गराइदिन व्यवसायी र उद्योगीसँग आग्रह गरेको छ ।
‘यी उहाँहरु (पाँचै जना उम्मेद्वार) अब्बल व्यवसायी हुनुहुन्छ, सामाजिक क्षेत्रमा निकै खारिनु भएको छ, विभिन्न संघसंस्था हाकिँसक्नु भएको छ’, एशोसिएशनका अध्यक्ष लेखनाथ पौडेलले भने, ‘उहाँ पोउवासंघ हाँक्न सक्षम हुनुहुन्छ ।’
अध्यक्ष पौडेलले भने, ‘उहाँहरुलाई अमूल्य मत प्रदान कपडा व्यवसायीका साथै पोउवासंघमा आवद्ध सबै सदस्यज्यूहरुलाई आग्रह गर्दछु ।’
सो अवसरमा सहभागी पाँचै जना उम्मेद्वारले आफूहरु चुनावी मैदानमा रहेकाले कपडा व्यवसायी एशोसिएशनबाट महत्वपूर्ण सहयोगको अपेक्षा गरेको बताए ।
पोउवासंघमा रहेर आफूहरुले एशोसिएशनको गरिमालाईसमेत माथि उठाउने उनीहरुको प्रतिवद्धता छ ।
एशोसिएशनका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोला, पूर्वअध्यक्ष जनकराज पराजुली, उपाध्यक्ष एवं कार्यक्रम संयोजक चोक गुरुङ र महासचिव पूर्ण थापाले उम्मेद्वारहरुलाई शानदार मतसहित विजयीको शुभकामना व्यक्त गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution