गोरखा । सिरानचोक गाउँपालिका-५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो ।
मन्दिर व्यवस्थापन समितिका संयोजक शिवचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबाट प्राप्त रु १० लाख तथा दुई लाख ५० हजार चन्दाका साथै जनश्रमबाट मन्दिर निर्माण भएको हो । सोही रकममध्येबाट राधाकृष्णको मूर्ति पनि खरिद गरिनेछ ।
“पुनःनिर्माण गरिएको मन्दिर यस क्षेत्रको सबैभन्दा पुरानो हो,” उनले भने, “भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण नहुँदा धार्मिक अनुष्ठानका लागि हामीलाई समस्या थियो ।”
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution