पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै लगानी सम्मेलन गर्न जरुरी : कार्की

  • पोखरा न्यूज
  • २०८१ भाद्र २७
पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै लगानी सम्मेलन गर्न जरुरी : कार्की

पोखरा । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् ।

पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसायसँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय उडान अत्यावश्यक रहेको बताउँदै पोखरामा लगानी सम्मेलन गरि अन्तर्राष्ट्रिय लगानीलाई समेत भित्र्याउन आवश्यक रहेको धारणा राखे ।

पोखरेलीले लामो संघर्ष र त्याग पश्चात अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि विभिन्न पक्षले उडान हुन नदिएको बताएका हुन् ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निमित अन्तर्रांष्ट्रिय उडानको लागि लविङ गर्ने, स्वदेशी र विदेशी च्याम्बरहरुसँग सहकार्य र भगिनी सम्बन्धको विस्तार तथा लगानी सम्मेलन गरी लगानीको वातावरण तयार गर्छौँ’ उनले भने, ‘अहिले युवा विदेशिने बाध्यतालाई पनि न्यूनीनकरण गर्न आवश्यक छ, युवा लक्षित कार्यक्रम आजका आवश्यकता हुन् ।’

पोखराका अधिकांश सटर खाली हुनु आर्थिक मन्दी मुख्य कारण रहेको र यसका लागि नीति नियमको आवश्यकता रहेको कार्कीको भनाइ छ ।

कार्कीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएमा यहाँको पर्यटनसँगै उद्योग, कृषि र व्यापारले ठूलो फड्को मार्नेमा आफू आशावादी रहेको बताए ।

संघको उपाध्यक्षसम्म अमूल्य मतले विजयी गराउने सम्पूर्ण उद्योग व्यवसायी तथा व्यापारीले अब एक पटक आफूलाई अध्यक्षका लागि भारी मत दिनेमा समेत आशावादी रहेको र नेतृत्वमा रहुन्जेल आफ्नो कुनै पनि व्यवसायमा नलाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस