पोखरा । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
श्रेष्ठ पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित दिया फार्मेसी सञ्चालक हुन् । गत साउन ३ मा पक्राउ परेका रोल्पाका प्रकाश थापामगरले श्रेष्ठको नाम पोलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
यसअघि उनीबिरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद हुन् । सांसद रहेकै अवस्थामा व्यवसायी दुर्गा प्रसाइँसँग घुस मागेको अडियो बाहिरिएपछि रास्वापाद्वारा पदबाट हटाइएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution