पोखरा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ बढेसँगै एक लाख ५६ हजार तीन सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको थियो ।
यता, शुक्रबार चाँदीको मूल्य एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य तोलामा एक हजार सात सय ९५ रुपैयाँ कायम भएको थियो । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution