पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले समाजका हरेक गतिविधिमा जनसंख्याका आधारमा महिला सहभागिता हुनुपर्नेमा जोड दिइन् । उनले ३३ प्रतिशत सहभागिता अपर्याप्त रहेको बताइन् ।
उनले मातृशक्तिको सशक्तीकरणका लागि नव सिद्धार्थ सहकारीको भूमिका अग्रणी रहेको स्मरण गर्दै महिलालाई कम नसोच्न सुझाइन् ।
संस्थाकी पूर्वअध्यक्षसमेत रहेकी जिल्ला सहकारी संघ अध्यक्ष सावित्रा कोइरालाले सहकारी अभियानमा राज्यले थप लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले सहकारी संस्था नियमनका लागि बनेका सम्पूर्ण ऐन, नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्ने खाँचो औँल्याइन् ।
कास्की बचत संघका सचिव मीनराज तिमिल्सिनाले सहकारी संस्थाको पहिलो दायित्व सेयर सदस्यलाई स्वरोजगार बनाउन पहल गर्नु रहेको स्पष्ट पार्दै सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार संचालन हुनुपर्ने बताए ।
सिर्जना महिला सहकारी अध्यक्ष सुष्मा पहारीले सहकारी संस्थालाई सेवामुखी बनाउनुपर्ने भन्दै पछिल्लो पटक सहकारीबारे नकारात्मक कुराहरु मात्रै बाहिर आइरहेकोमा सचेत गराइन् ।
कार्यक्रममा शुभ सिद्धार्थ सहकारीका अध्यक्ष विनोद श्रेष्ठ, सहकारीका कानूनी सल्लाहकार अ.दुर्गाप्रसाद कोइराला, जनप्रतिनिधि तथा ऋण उपसमिति संयोजक डल्डादेवी भुजेललगायतले बोलेका थिए ।
सहकारी अध्यक्ष भवानी श्रेष्ठ माकाजुले समग्र सहकारी क्षेत्रका समस्या समाधान गर्न नतिजामुखी प्रयास गर्नुपर्ने भन्दै संस्थामा सक्रिय सहभागिता जनाउन सेयर सदस्यसमक्ष आग्रह गरिन् । पछिल्लो पटक ऋण तिर्नु पर्दैन भनेर फिजाइएको भ्रमप्रति उनले दुखेसो पोखिन् ।
सो अवसरमा ज्येष्ठ नागरिक (६५ वर्ष माथि) तर्फ शोभालक्ष्मी श्रेष्ठ, मैयाँ अधिकारी, विष्णु तिमिल्सिना, पवित्रा पराजुली, उमादेवी चापागाई, गगनकुमारी गुरुङ, बेलमाया पराजुली, विष्णु मल्ल र पार्वती लिगललाई सम्मान गरिएको थियो ।
यसैगरी उत्कृष्ट बालबचतकर्तातर्फ अस्मित गुरुङ, उत्कृष्ट बचतकर्तातर्फ सीता सापकोटा कोइराला, उत्कृष्ट ऋणिमा साल्वी बास्तोला मर्सानी पुरस्कृत भए । यस्तै शेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरीलाई पनि सम्मान गरियो ।
कार्यक्रमबीच अध्यक्ष माकाजुद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, प्रस्तावित नीति, कार्यक्रम तथा योजना, व्यवस्थापक खेमराज अधिकारीले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक सीता सापकोटा कोइरालाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन छलफल सहित अनुमोदन भयो ।
अध्यक्ष माकाजुको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव भुजेलले सात सिद्धान्त वाचन, शिक्षा समिति संयोजक मीरा पराजुलीले स्वागत, आरध्या पराजुलीले स्वागत नृत्य एवं सचिव कुश्मा राणाले सञ्चालन गरेकी थिइन् ।
२०५९ सालमा ६२ जनाबाट सुरु भएको सहकारीमा हाल आठ सय १९ सेयर सदस्य छन् । सहकारीको सेयर पुँजी चार करोड नौ लाख रुपैयाँ छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution