
चितवन । नारायणगढ-मुग्लिन सडकमा शनिबार सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१ रामनगरका ६४ वर्षीय राम थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार भरतपुर महानगरपालिका-१ पानी ट्याङ्की ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१-०२३ च ५५१९ नंको ‘पिकअप गाडी’ लाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नंको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करपछि अनियन्त्रित भएको गाडीले साइकललाई ठक्कर दिएको रिजालले जानकारी दिए ।
ठक्करबाट घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





