|फाइल तस्बिर
ताप्लेजुङ । ताप्लेजुङमा पहिरोसँगै झरेको ढुङ्गाले लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका–३ तावाकी २६ वर्षीया निर्मला गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङबाट घर फर्कने क्रममा शनिबार दिउँसो करिब साढे २ बजे रोकेर राखेको मे१ज १३६२ नंको पिकअप भित्र रहनुभएकी निर्मलालाई माथिबाट पहिरोसँगै आएको ढुङ्गाले लागेपछि गम्भीर घाइते भएकी थिइन् ।
घाइते निर्मलालाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि साँझ जिल्ला अस्पताल ताप्लेजुङ ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
तमोर करिडोरअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–३ खेसेवामा पहिरोले सडक सामान्य अवरुद्ध गरेपछि पन्छाउन चालकसहित यात्रुहरू बाहिर निस्किएका थिए ।
निर्मला गाडीभित्रै रहेको समयमा अचानक पहिरोसँगै माथिबाट झरेको ढुङ्गा उनको टाउकोमा लागेको थियो । गाडीमा सवार अन्य यात्रुहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution