नेपाल ओमानसँग पराजित

  • पोखरा न्यूज
  • २०८१ आश्विन ३
नेपाल ओमानसँग पराजित

पाेखरा। आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ ।

नेपालले दिएको दुई सय २१ रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानाडाको म्यापल लिफ नर्थ-वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

यसअघिको खेलमा नेपाल क्यानाडासँग पराजित भएको थियो ।

नेपालका लागि गुल्सन झाले ३५ बलमा ५३ रन तथा ४७ रन खर्चेर ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।

नेपालले ९ विकेटको क्षतिमा २२० रन बनाउँदा कप्तान राेहित पौडेलले ६० रन जोडेका थिए ।

जवाफमा ओमानले १ बल खेल्न बाँकी छँदै ९ विकेटको क्षतिमा जित निकाल्यो । यो हारले नेपाल मुस्किलमा पर्दै गएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस