पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित हिमालय क्लबको अध्यक्षमा मोहनबहादुर थापा निर्वाचित भएका छन् ।
क्लबको बिहीबार सम्पन्न २८औँ साधारणसभा तथा १४औँ अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
यस्तै, निवर्तमान अध्यक्षमा सुशील बस्नेत, प्रथम उपाध्यक्षमा पुष्पराज अधिकारी, द्वितीय उपाध्यक्षमा प्रकाश थापा, सचिवमा तुलबहादुर बस्नेत, सहसचिवमा मनु बस्नेत, कोषाध्यक्षमा लक्ष्मी पौडेल र सहकोषध्यक्षमा लक्ष्मी देवकोटा चयन भए ।
यसैगरी कार्यसमिति सदस्यमा राजकुमारी बानिया, लक्ष्मी श्रेष्ठ, विष्णु नेपाली, सुवास तिमिल्सिना, सरीता अधिकारी, केशव थापा, रामशरण बानिया, खगेन्द्र थापा र विना केसी चयन भएको निर्वाचन संयोजक चित्रबहादुर थापाले जानकारी दिए ।
अधिवेशन उद्घाटन गर्दै क्लबका पूर्वअध्यक्ष ताराप्रसाद तिमिल्सिनाले सामाजिक संघसंस्थाको क्रियाशीलताले मात्रै समाज विकास हुने बताए ।
क्लब अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य बेनीबहादुर बस्नेत, दीप युनाइटेड क्लब अध्यक्ष खेमराज आचार्य, निर्वाचन संयोजक चित्रबहादुर थापा, सदस्य दुर्गा केसी थापालगायतले बोलेका थिए ।
साधारणसभाले सचिव शिवराज देवकोटा र कोषाध्यक्ष पुष्पराज अधिकारीको प्रतिवेदन पारित गरेको थियो ।
सोही अवसरमा क्लबले अम्विका टोल विकास संस्थालाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । भलिबल र नेट क्लब अध्यक्ष बस्नेतले संस्थाका सल्लाहकार गुरुदत्त भट्टराईलाई हस्तान्तरण गरे ।
यता, बाटुलेचौर हिमालय कृषि सहकारीको अध्यक्षमा दुर्गालाल श्रेष्ठ चयन भएका छन् ।
सहकारीको उपाध्यक्षमा शिवराज देवकोटा, सदस्यमा कमला शर्मा, गोविन्द बहादुर थापा, ज्योति बस्नेत, गुञ्जमानसिंह घर्ती क्षेत्री र झलक थापा मगर छन् ।
सहकारीको लेखा समिति संयोजक राजेन्द्र शाही, सदस्यमा विकास केसी र शर्मिला थापा चयन भए । सहकारीको चौंथो अधिवेशनले आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution