नाट्टामा आवद्ध ८० व्यवसायीलाई कर तथा लेखा तालिम

  • पोखरा न्यूज
  • २०८१ आश्विन ३
नाट्टामा आवद्ध ८० व्यवसायीलाई कर तथा लेखा तालिम

पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशमा नाट्टामा आवद्ध गण्डकी प्रदेशका व्यवसायीलाई कर तथा लेखा तालिम दिइएको छ ।

नाट्टा गण्डकी प्रदेशको आयोजनामा ८० जना व्यवसायीलाई तालिम दिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालले व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन कर तथा लेखाबारे जानकारी अपरिहार्य हुने अवस्थालाई दृष्टिगत गरी तालिम दिइएको बताए ।

उनले यसले कर तथा लेखा सम्बन्धमा व्यवसायीलाई महत्वपूर्ण जानकारी प्राप्त भएको विश्वास व्यक्त गरे ।

पर्यटन राजधानी पोखरासहित समग्र देशको पर्यटन राष्ट्रको समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै अध्यक्ष दाहालले राज्यको व्यवसायीमैत्री नीति आवश्यक हुनेमा जोड दिए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले व्यवसायलाई व्यवस्थित एवं प्रभावकारी बनाउन यस किसिमका तालिम आवश्यक हुने बताए ।

पर्यटनसम्बद्ध संघ संस्थाको सामुहिक प्रयासमा पोखराको पर्यटनलाई गतिशील बनाउन सकिने उल्लेख गर्दै उनले परिषद् सम्बद्ध सबैसँग हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागीलाई आन्तरिक राजस्व कार्यालयका वरिष्ठ कर अधिकृत ठाकुरप्रसाद सुवेदीले कर तथा लेखासम्बन्धी तालिम दिएका थिए ।

संस्थाका अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव चेतन कार्कीले सञ्चालन, कार्यक्रम संयोजक एवं सचिव नवराज भण्डारीले स्वागत र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष संगीता पौडेल गरेकी थिइन् ।

कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पशुपति शर्मा, निवर्तमान अध्यक्ष हरिराम अधिकारीलगायतले व्यवसायिक दक्षता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण हुने बताएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस