पोखरा-२५ स्थित चौरअम्बोट झोलुंगेपुल उद्घाटन

  • पोखरा न्यूज
  • २०८१ आश्विन ३
पोखरा-२५ स्थित चौरअम्बोट झोलुंगेपुल उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ स्थित चौर अम्बोट झोलुंगेपुल उद्घाटन गरिएको छ ।

करिब ७५ लाखको लागतमा निर्माण भएको उक्त पुलको बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उक्त पुल उद्घाटन गरेका हुन् ।

उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार पाँच सय रुपैयाँ सम्झौता गरेको थियो ।

पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १ सय ९८ मिटर र चौडाइ एक मिटर छन् ।

सो अवसरमा मन्त्री केसीले पर्यटकीय र कृषिलाई आधार मानेको झोलुङ्गे पुल निर्माण हुनु खुशीको कुरा भएको बताए । उनले आगामी दिनमा पनि यस्ता विकास निर्माणका कार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

योजनाको काम तीव्र गतिमा अगाडि बढाउन मन्त्रालय मातहतका कार्यालयलाई निर्देशन दिएको मन्त्री केसीले सुनाए ।

‘भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका मातहतमा रहेका सम्पूर्ण कार्यालयलाई सम्पूर्ण योजनाको काम तीव्र गतिमा गुणस्तर कायम गर्दै सुचारु गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘आफ्नो क्षेत्रमा परेका योजना समयमा नै तोकिएको गुणस्तरमा सम्पन्न गर्नका लागि खबरदारी गर्नुहोला ।’

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुब, पूर्वाधार विकास कार्यालय कास्कीका सिडिई सोभियत खड्का, कार्यवाहक वडाध्यक्ष धनाकुमारी तिमिल्सिना पोखरेल तथा वडासदस्य, क्लब तथा आमा समूहका प्रतिनिधि सहभागी थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस