प्रगतिटोल नमूना आमा समूहको अध्यक्षमा सर्मिला श्रेष्ठ निर्वाचित

  • पोखरा न्यूज
  • २०८१ आश्विन ३
प्रगतिटोल नमूना आमा समूहको अध्यक्षमा सर्मिला श्रेष्ठ निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ चाउथेस्थित प्रगतिटोल नमूना आमा समूहको अध्यक्षमा सर्मिला श्रेष्ठ निर्वाचित भएकी छन् । समूहको एघारौँ साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समूहको प्रथम उपाध्यक्षमा सावित्रा अधिकारी, द्वितीय उपाध्यक्षमा द्रौपदी पौडेल, सचिवमा तुलसा पुन, कोषाध्यक्षमा कान्ता कोइराला पोखरेल, सहसचिवमा सीता खड्का, सहकोषाध्यक्षमा नीरु ढकाल छन् ।

यसैगरी कार्यसमिति सदस्यमा समुद्र थापा, माया गुरुङ, लक्ष्मी हमाल खाँड, सानु अधिकारी, दयाकुमारी आले, विष्णु खत्री, ललिता खड्का, शान्तिदेवी थापा, भोला राना, खीमा केसी, यामकुमारी गुरुङ, गीता रायमाझी, माया गिरी, पार्वती श्रेष्ठ, चन्द्र शेरचन, दीपा खड्का, रञ्जु साह छन् ।
यस्तै कार्यसमितिले सम्झना भुजेल, गीता अधिकारी र उमा गुरुङलाई सल्लाहकारमा मनोनित गरेको छ ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष बोधराज कार्कीले प्रगतिटोल नमूना आमा समूहले महिना दिदीबहिनीका लागि र सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले समूहसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा वडासदस्य कृष्णहरि काफ्ले, समूहकी निवर्तमान अध्यक्ष सम्झना भुजेल र प्रगतिटोल विकास समितिका अध्यक्ष मीनबहादुर गुरुङलगायतले बोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस