पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठ्ठेपानीस्थित राइजिङ स्टार युथ क्लबले आयोजना गरेको २३औँ खुला रक्तदानमा ७८ युनिट रगत संकलन भएको छ ।
क्लबको वार्षिक कार्यक्रमअन्तर्गत शनिबार आयोजित रक्तदान कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गरेका थिए ।
उक्त अवसरमा वडाध्यक्ष गुरुङले तीन महिनामा खेर जाने रगतलाई संकलन गरेर कसैको जीवन रक्षामा सहयोग पुग्ने हुँदा रक्तदान महादान मानिएको बताए ।
युवाले समाज परिवर्तनका लागि उदाहरणीय काम गरेर देखाएकामा प्रशंसा गर्दै उनले स्थानीय स्तरको विकास निर्माणमा पनि युवाको साथ सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठ, प्रगतिचोक आमा समाज अध्यक्ष देवी गुरुङ, कार्यक्रम संयोजक ईश्वरबहादुर खत्रीलगायतले बोलेका थिए ।
क्लब अध्यक्ष यमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनील गुरुङले स्वागत, सञ्चालन सचिव अर्जुन सापकोटाले गरेका थिए ।
कार्यक्रममा पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापा, लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेल, लिटल फ्लावर विद्यालयका सञ्चालक अध्यक्ष देवी खड्का, प्रिन्सिपल विकल पौडेल, नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, पूर्व न्यायाधीश बासुदेव न्यौपाने, सनराइज क्लबका अध्यक्ष सूर्यनाथ न्यौपाने, रिठ्ठेपानी टोल सुधार समितिका अध्यक्ष, भूपू सैनिक क्लवका अध्यक्ष सुवेदार नरबहादुर गुरुङलगायत सहभागी थिए ।
कार्यक्रम सम्पन्न गर्न क्लबका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गुरुङ, शुभचिन्तक हिमाल गुरुङलगायतका युवाको विशेष योगदान तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution