पोखरा । पोखरस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको सञ्चालक समिति अध्यक्षमा प्राडा विश्वकल्याण पराजुली चुनिएका छन् । संस्थाको १७औँ साधारणसभा तथा अधिवेशनले पराजुलीलाई पुनः संचालक समिति अध्यक्षमा चयन गरेको हो ।
समिति सदस्यमा डा. रामनाथ ओझा, विष्णु अधिकारी, शोभाकान्त सिग्देल र सदस्यसचिवमा नारायण कुमार श्रेष्ठ छन् ।
लेकसिटी कलेज सञ्चालक समितिका संस्थापक अध्यक्ष गेहेन्द्रेश्वर कोइराला र अध्यक्ष पराजुलीले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।
संस्थापक अध्यक्ष कोइरालाले कलेज पढाइसँगै सामाजिक कार्यमा पनि अघि बढेकोमा खुशी व्यक्त गरे । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास पनि आवश्यक रहेको उनले स्पष्ट पारे ।
विद्यार्थीलाई हरेक वर्ष सामाजिक कार्य दिवस र प्रेस स्वतन्त्रता दिवसमा प्रत्यक्ष सहभागी गराएर कार्यक्रम गरिने क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठले जानकारी दिए ।
स्वदेश तथा विदेशमा लामो समय सम्म पत्रकारिता गरिरहेका पत्रकार र कलेजका विद्यार्थीविच अन्तरक्रिया कार्यक्रम गरिने प्रमुख श्रेष्ठले स्पष्ट पारे ।
कलेजमा अध्ययनरत विद्यार्थीबाट कम्तीमा २० जना विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउने लक्ष्य रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।
पोखरामा मिडिया क्षेत्रमा आवद्ध सबैलाई सहभागी गराइने उद्देश्यले वर्षमा एकपटक मिडिया सम्मेलन कार्यक्रम गरिने उनले बताए ।
विद्यार्थी र अभिभावकको सबैभन्दा रुचीमा रहेको कार्निभल कार्यक्रमलाई निरन्तरता दिइने श्रेष्ठले बताए ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यममा सदस्य एवं मानविकी संकायका संयोजक उपेन्द्र पौडेलले स्वागत र सदस्य शोभाकान्त सिग्देलले सञ्चालन गरेका थिए ।
क्याम्पस प्रमुख तथा सदस्य सचिव नारायणकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रगति विवरण पारित भएको छ ।
सो क्याम्पसमा स्नातक तहमा विविएस र बिएमा अंग्रेजी, सामाजिक कार्य पत्रकारिता पढाई हुँदै आएको छ । क्याम्पस हाल तीन सय भन्दा बढी विद्यार्थी अध्यनरत छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution