पोखरा । महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखाको आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसाविरुद्धको जनचेतनामूलक सडक नाटक शनिबार सम्पन्न भयो ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा-१५ का अध्यक्ष तोरणबहादुर बानियाले आफूले समाजका लागि राम्रो गर्दा गर्दै पनि केही व्यक्तिले अनर्गल प्रचार गरेको दुखेसो पोखे । उनले सडक नाटकले महिला हिंसा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय सञ्जालकी केन्द्रीय उपाध्यक्ष दिलमाया गुरुङ, रामबजार प्रहरी चौकी इन्चार्ज वरिष्ठ नायब निरीक्षक राजु थापा, प्रतिभा आमा समूह पोखरा-१५ की अध्यक्ष भगवती कार्की खड्कालगायतले बोलेका थिए ।
अवसरमा कलाकार सुनिता कँडेल, गीता शर्मा, माया लामिछाने, दुर्गा थापा, विष्णु गिरी, तारा बानिया, पुष्पा गुरुङ, गीता भण्डारी, सुशीला गुरुङ, सीता रानाभाट, सरस्वती अधिकारीले अभिनय गरेका थिए भने सलिना गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन् ।
अभियानकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गीता शर्माले स्वागत र रमिता पौडेलले सञ्चालन गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution