नेविसंघ पृथ्वीनारायण क्याम्पसको सभापतिमा प्रयास कोइराला

  • पोखरा न्यूज
  • २०८१ आश्विन ६
नेविसंघ पृथ्वीनारायण क्याम्पसको सभापतिमा प्रयास कोइराला

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पृथ्वीनारायण क्याम्पस इकाइ सभापतिमा प्रयास कोइराला चयन भएका छन् ।

उनले केही दिनअघि सभापतिको जिम्मेवारी पाएका हुन् ।

पोखरा महानगरपालिका वडा नं. ५ निवासी कोइराला लामो समयदेखि नेविसंघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

सभापति चयनपछि कोइरालाको प्रतिबद्धता

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको छुट्टै इतिहास छ । आज त्यही इतिहासलाई स्वर्णिम अक्षरमा लिपिबद्ध गर्ने जिम्मेवारी पाएको छु ।

संगठनको मूलभूत सिद्धान्तलाई शिरोधार्य गर्दै एक मुठी सास रहिन्जेलसम्म पनि विद्यार्थी हक अधिकारका निम्ति लड्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छ ु। कुनै पनि लोभ लालच धम्कीमा नपरी विद्यार्थीका हक अधिकारका निम्ति सम्पूर्ण आदरणीय विद्यार्थी साथीहरूसँग सहकार्य हातेमालो गर्दै यो ऊर्जाशील समय सुदृढ शिक्षा र सुदृढ राजनीतिमा समर्पित गर्दैछु ।

जस्तोसुकै आरोह-अवरोह आए पनि आफ्नो कर्ममा चट्टानी अडान लिएर काम गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु । परिवर्तनशील, सृजनशील र रचनात्मक कार्य गर्दै विद्यार्थी हक अधिकारका निम्ति उच्च शिक्षा हासिल गर्ने महान अभिलाषा बोकेर आउनुभएका सम्पूर्ण विद्यार्थी साथीहरुलाई हरेक चिजमा सहकार्य गरेर सल्लाह सुझाव ग्रहण गर्दै अगाडि बढ्नेछु । संगठनलाई चलायमान बनाउँदै सुदृढ राजनीतितर्फ आफ्नो कर्मलाई निरन्तरता दिनेछु ।

मलाई हृदयदेखि नै माया गरी अभिभावकत्व भूमिका खेल्नुहुने सम्पूर्ण मेरो आदरणीय नेताहरु हृदयदेखि नै नमन गर्न चाहन्छु । आफ्नो स्वार्थबाट धेरैमाथि उठेर संगठनको गरिमा एक इन्ची खरोस् नआउने र यो इतिहासलाई अझै मजबुत बनाउनका लागि मलाई विश्वास गर्नुहुने सम्पूर्ण मेरो आदरणीय दाजुभाई दिदीबहिनी तथा सम्पूर्ण रक्तरञ्जित कलम र मशालङ्गीत झण्डामा सरिक शुभचिन्तकमा हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु।

आगामी दिनमा यसै मायाको निरन्तरता पाउनेछु भन्ने कुरामा पूर्ण विश्वस्त छु। सल्लाह सुझाव ग्रहण गरेर सँगसँगै हातेमालो गर्दै आगामी दिनमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै फेरि पनि हृदयदेखि नै मुरीमुरी धन्यवाद व्यक्त गर्न चाहन्छु ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस