कास्कीकी निशा कांग्रेसको व्यवसायिक सीप विकास विभाग सदस्यमा मनोनित

  • पोखरा न्यूज
  • २०८१ आश्विन ६
कास्कीकी निशा कांग्रेसको व्यवसायिक सीप विकास विभाग सदस्यमा मनोनित

पोखरा । कास्कीकी निशा मल्ल ठकुरी नेपाली कांग्रेसको व्यवसायिक सीप विकास विभागको सदस्यमा मनोनित भएकी छन् ।

उनलाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम मनोनित गरेका हुन् ।

उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिइन् ।

पार्टीको व्यवसायिक सीप विकास विभागमा गंगालक्ष्मी अवाल प्रमुख छन् । यो समितिमा कास्कीकी ठकुरीसँगै १० जना मनोनित भएका हुन् ।

सभापति देउवाले झापाकी वीना तामाङ, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, काठमाडौँका सुनिल श्रेष्ठ, बाँकेकी उमाकुमारी थापा, ललितपुरकी फरिन्दा महर्जन, जाजरकोटका रमेश केसी, काठमाडौंकी सीतादेवी बस्नेत कार्की र कञ्चनपुरकी प्रमिला जैरूलाई सदस्यमा मनोनयन गरेका हुन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस