भदौरेमा जीप दुर्घटना हुँदा जनप्रतिनिधिको मृत्यु, चालकसहित दुई जना गम्भीर घाइते

  • पोखरा न्यूज
  • २०८१ आश्विन ६
भदौरेमा जीप दुर्घटना हुँदा जनप्रतिनिधिको मृत्यु, चालकसहित दुई जना गम्भीर घाइते

रामेछाप । रामेछापमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं. ४ की वडासदस्य पदमाया नेपाली रहेकी छन् ।

सो दुर्घटनामा अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये जीप चालक गुणकुमार थापामगर र यात्रु दिलीप बरुवालको अवस्था गम्भीर रहेको छ । बाँकी चार जनाको अवस्था मध्यम रहेको र उनीहरुलाई जिल्ला अस्पताल लैजाने तयारी भइरहको प्रहरीले जनाएको छ ।

मन्थली बजारबाट सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नम्बरको जीप भदौरेमा दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस