पिस प्याराडाइज लायन्सद्वारा ज्येष्ठ नागरिकलाई औषधि सहयोग

  • पोखरा न्यूज
  • २०८१ आश्विन ६
पिस प्याराडाइज लायन्सद्वारा ज्येष्ठ नागरिकलाई औषधि सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा पिस प्याराडाइजले पोखरा-१७ सीतापाइलास्थित पोखरा वृद्वाश्रममा आश्रित ज्येष्ठ नागरिकका लागि औषधि सहयोग गरेको छ ।

क्लबले शनिबार वृद्वाश्रममा आश्रित ज्येष्ठ नागरिकको स्वास्थ्य चेकअप पश्चात् आवश्यकता अनुसारको औषधि उपलब्ध गराएको क्लब अध्यक्ष बिष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

पोखरा वृद्वाश्रम तथा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र प्रमुख सिद्विकुमार रेग्मीले चिकित्सकको सल्लाह बमोजिमको औषधि माग गरेको र करिब ४० हजार रूपैयाँ बराबरको औषधि रेग्मीलाई उपलब्ध गराइएको कार्यक्रम संयोजक रामजीप्रसाद बरालले जानकारी गराए ।

रेग्मीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी हस्पिटललमा नियमित चेक अप गर्दा डाक्टरद्वय बिमल कोइराला र अनुसेत ढकालले ज्येष्ठ नागरिककोल स्वास्थ्य चेकअप गरेका थिए । उनले सोही बमोजिमको आवश्यक औषधि उपलब्ध गराएकोमा क्लबप्रति आभार व्यक्त गरे ।

क्लब अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ एवं क्लबका संस्थापक अध्यक्ष बिष्णुप्रसाद ढुङ्गाना, क्लस्टर चिफ दिलबहादुर थापा, रिजन चेयरपर्सन नीरा कोइराला, क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन सुरेश न्यौपाने, पूर्वअध्यक्ष अतित राना, अरुण खनाल, क्लब उपाध्यक्ष गोबिन्दबहादुर केसी, कोषाध्यक्ष महादेव ढकाल, शंकर पौडेललगायत सहभागी थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस