पाेखरा। सहकारी प्रकरणमा संसदीय छानबिन समितिले दोषी देखाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने भएपछि पार्टी आकस्मिक बैठकमा जुटेको छ ।
लामिछानेले आफूलाई पक्राउ गर्ने जानकारी प्रहरीबाट पाएपछि पार्टी केन्द्रीय सदस्यलाई पार्टी कार्यालयमा आकस्मिक बैठकका लागि डाकेका हुन् ।
उक्त बैठकमा आफैँ गिरफ्तारी दिने कि के गर्ने भन्ने विषयमा छलफल गर्ने गरी सर्कुलर जारी गरिएको एक नेताले बताएका छन् ।
लामिछानेविरुद्ध कास्की प्रहरी कार्यालयमा परेको पूरक जाहेरीका आधारमा पक्राउ गर्न खोजेको छ।
यसअघि गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई सीआईबीको टोलीले नियन्त्रणमा लिइसकेको छ । उनलाई पोखरा लैजाने तयारी भइरहेको छ ।
पोखरामै रहेको सूर्यदर्शन सहकारीबाट उनीहरुले ठगी गरेको भन्दै कास्की प्रहरीले पक्राउ गर्न भनेको थियो ।
जोशीलाई सोमबार नै जिल्ला अदालतमा पेश गर्नु पर्ने भएकाले आइतबार राति नै पोखरा लैजान लागिएको हो ।
रवि तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशकसमेत हुन् । आफू पक्राउ पर्ने भएपछि रविले उपत्यकामा भएका कार्यकर्ताहरुलाईसमेत पार्टी कार्यालयमा बोलाएको बुझिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution