पोखरा । एक वृद्धा महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने दुई जना प्रहरी फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको शहीदलखन गाउँपालिका वडा नं. ९ का ३८ बर्षीय सुनिल विक र ललितपुरका ३७ वर्षीय शैलेश ताम्राकार छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गत भदौ २३ गते साँझ ५ बजेतिर गोरखा नगरपालिका वडा नं. ७ को काँडाघारीस्थित गोरखा बजारदेखि सतिपिपल जाने बाटोमा बाख्रा चराउँदै गरेकी गोरखा-६ छहरेकी ६३ वर्षीया दाउरीमाया रानाले लगाएको सिक्री उनीहरुले लुटेका थिए ।
रानाले करिब दुई तोलाको सिक्री लगाएकी थिइन् । स्कुटरमा त्यहाँ पुगेका सुनिल र शैलेशले सिक्री लुछेर चुडेर लिएर भागेका थिए ।
सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले सुनिल र शैलेशलाई आइतबार पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबैबिरुद्ध चोरीसम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमतिसमेत लिई घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution