पाेखरा । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसूरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक(डीआईजी) एवं गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।
उनलाई आइतबार राति ८ बजे बुद्ध एयरमार्फत काठमाडौंबाट पोखरा ल्याइएको हो ।
जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
उनलाई सोमबार जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लेखेको पत्रसमेतका आधारमा उनलाई पक्राउ गरिएको थियाे ।
गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी प्रशासनलाई सहकारी छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका थिए ।
लेखकले निर्देशन गरेको केही घण्टामै जोशी पक्राउ परेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution