पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापालाई सम्मान गरिएको थियो ।
एसपी थापालाई कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली र प्रेस सल्लाहकार श्याम कुँवरले सम्मान गरेका थिए ।
साथै हालै सम्पन्न अधिवेशनबाट सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर, लेखनाथ र हेमजमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र बगरबाट रामप्रसाद अधिकारी, लेखनाथबाट गंगाकुमारी खनाल र हेमजाबाट देवीप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल कालिका गणका सशस्त्र प्रहरी नायव उपरीक्षक राजनमान श्रेष्ठ, वडा प्रहरी कार्यालय बगरमा आएका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेलाई स्वागत गरिएको थियो ।
सहायक प्रजिअ ढकालले समुदायमा सचेतना फैलाउन सामुदायिक केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा लेखनाथकी अध्यक्ष खनालले सामुदायिकको मर्म अनुसार नै काम गर्दै आएको बताइन् ।
संस्थाका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले स्वागत र महासचिव घनश्याम तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution