पर्वत । जबर्जस्ती करणीसम्बन्धी कसुरमा फरार रहेका प्रतिबादीलाई पर्वत प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत पैयु गाउँपालिका वडा न. २ का ५८ बर्षीय भीमबहादुर बिक भन्ने भीमबहादुर सुनार छन् ।
पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार जवर्जस्ती करणीसम्बन्धी कसुरमा बिकविरुद्ध जिल्ला अदालत पर्वतले २०६३ चैत २१ मा १३ बर्ष कैद सजायको फैसला गरेको थियो ।
विशेष सूचनाका आधारमा आइतबार जिल्ला र इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको टोलीले विकलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका विकलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालत पेस गरी अदालतको आदेशले कारागार चलान गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution