पाेखरा। साफ यू-१७ च्याम्पियनशिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए ।
प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न पहिलो खेलमा पाकिस्तानसँग १-० गोलको हार बेहोरेको थियो ।
अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution