करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ आश्विन ७
करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस