दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

  • पोखरा न्यूज
  • २०८१ आश्विन ८
दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

पाेखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पक्राउ परेकै दिन आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।

प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो ।

प्रसाईलाई प्रहरी वत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस