काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर गरिएकोे बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा लिखित जवाफसहित कारण देखाउ आदेश गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार उक्त रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफसहित कारण देखाउ आदेश गरेको हो ।
मेडिकल व्यवसायी प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश गरेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution